नेपाल कपडा तथा सिलाई व्यबसायी संघ म्याग्दीको अध्यक्षमा डम्बर बहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा सम्पन्न भएको नवौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट उपाध्यक्षमा मेक कुमारी, सचिवमा चन्द्र घले, कोषाध्यक्ष सुमन नेपाली रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा रामदेवी पुन, मुनाल परियार, सुकमायाँ पुन, राममायाँ नौवाङ र हिरा शेरपुञ्जा रहनुभएको छ । अधिवेशनको उद्घाटन गदैं कास्की टेलरिङ्ग व्यबसायी संघ वरिष्ठ उपाध्यक्ष समीर परियारले टेलरिङ्ग ब्यवसायीको एकता बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले एकता र सहकार्यबाट गुणस्तरीय सेवा दिन सकिने बताउनुभयो ।

अधिवेशनमा बागलुङ टेलरिङ व्यवसायी संघका निबर्तमान अध्यक्ष तेजेन्द्र परियार, अध्यक्ष प्रेमा श्रीस, पर्वत टेलरिङ्ग व्यवसायी संघ अध्यक्ष नवीन सुवेदी, परियार सेवा समाज म्याग्दीका अध्यक्ष प्रेम नेपाली लगायतले बोल्नुभएको थियो ।

नवनिर्वाचत अध्यक्ष कार्कीले पेशालाई मर्यादित र गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको बताउँदै म्याग्दी टेलरिङ्ग व्यवसायी संघको नामबाट सेवा दिने र संस्थागत गतिविधि, पेशालाई थप दक्ष बनाउन तालिम सहितका अन्य योजना ल्याउने बताउनुभयो ।

Leave a Reply