महाशिवरात्रीको पूर्वसन्धामा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो ।

गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख ३० हजार ७५० लागतमा ५५ वटा सडक बत्ती जडान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।

‘गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ,‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ’ अध्यक्ष रेग्मीले भन्नुभयो । बेनी–गलेश्वर हुदै उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ ।

सडक बत्तीको मर्मतसम्भार सहितका कार्यहरुमा समेत गलेश्वर शिवालय क्षेत्र विकास कोषले सघाउने छ । यसैबीच मन्दिरमा अति जिर्ण अवस् थामा रहेको यात्रशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ । उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५० हजार र बेनी नगरपालिका तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीबाट ६७ हजार सहयोगमा टायल विच्छाउने काम भइरहेको छ । हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला घुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

 

हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला घुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । त्यस्तै मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले

मर्मतसम्भार गरिरहेको र मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयो गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । मन्दिरमा संकलन गरिएको भेटी मंगलबार मन्दिर परिसरमै गन्ने गरिन्छ ।

 

Leave a Reply