महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा अन्तत्र्रिया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले महिलाहरुमा आर्थिक सशक्तिकरण हुन जरुरी रहेको बताउनुभयो । उहाँले गरिबी तथा विपन्न र आर्थिक परनिर्भरताको कारणले गर्दा नै समुदायमा महिला हिंसा हुने बताउँदै हिंसाको न्युनीकरण गर्न आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउनुभयो । बीमाले गरिबी तथा हिंसाको न्युनीकरणमा सहयोग पु¥याउने उहाँको भनाइ थियो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षत्रीय प्रमुख जमुना आचार्यले महिला तथा आर्थिक सशक्तिकरण, बीमाको जानकारी, बचत तथा लगानी गर्ने बानीको विकास, सचेतनालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उहाँले एउटा गृहणी महिलाले स–सानो बचत कसरी सङ्कलन गर्ने र त्यसलाई लगानीमा कसरी परिचालन गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको समापनमा वडा सदस्य सरिता सुनारले महिलाहरु विभिन्न आयआर्जनमार्फत आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्ने बताउँदै आफ्नो अनुभव समेत सुनाउनुभएको थियो । कार्यक्रम वडा सदस्य सुनारको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तथा मगरदाङ आमा समूह देवीस्थानका अध्यक्ष राजमति पुनको स्वागत र एजेन्सी म्यानेजर तथा समूहका सचिव सुनिता पाईजा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

देवीस्थानका ८२ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीद्वय शिक्षक पिपला पुन र स्वास्थ्यकर्मी सपना रानाले समीक्षा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको तालिम कार्यक्रम देशका २१ जिल्लामा सम्पन्न गरी दोस्रो चरणको अन्तत्र्रिmयाको सुरुवात गरेको जनाएको छ । गएको पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम म्याग्दीमा पहिलोपटक अन्नूर्ण गाउँपालिका–६, घारबाट सुरु भएको थियो ।

इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्ष २०७७÷०७८ मा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमको सञ्चालनपछि इन्स्योरेन्सले यसवर्ष ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ नामक कार्यक्रम सुरु गरेको हो । समाजमा पिछडिएका र आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समेत गरिएको छ ।

Leave a Reply