---Advertisement---

भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस

On: February 14, 2023 12:00 PM
Follow Us:

सृजना बराइली

प्रेमिका भ्यालेन्टाइनमा तिमीले मलाई टिमलाई के गिफ्ट दिने हो ? जिस्किदै प्रेमीले स्विट किस हुदैन । प्रेमिका, नाई मलाई त सरप्राइज गिफ्ट नै चाहिन्छ । यो त मेरो फस्ट भ्यालेन्टाइन हो। ‘ प्रेमी , ओके बाबा !

तिमीलाई स्पेशल गिफ्ट त छदैछ नि।’  यो त एउटा काल्पनिक सम्वाद हो । सायद हामी नेपाली युवा जमातलाई यही फागुन ७ गते पर्ने प्रजातन्त्र दिवस विरलै याद होला तर प्राय फागुन २,३ गते पर्ने प्रणय दिवस  योजना एकदुई महिना अगाडि देखि नै बनाउने गर्दछन् ।

अनि चहलपहल पनि देखिन्छ। मलाई एक वर्ष अगडिको १४ फेब्रअरीको सम्झनामा एउटा ८/९ पढ्ने जस्तै स्कूल ड्रेसमा देखिने बहिनीले औंठी किन्नको लागि लागि उनलाई एक महिना अगाडीदेखि खाजाको पैसा जोगाएर राख्नुपर्यो होला । यो प्रसंग किन निकालिएको हो भन्दा यस्ता किशोरकिशोरी बीच प्रख्यात भइरहेको छ भ्यालेन्टाइन। जसलाई सम्बन्धको बारेमा रारोसंग थाहा नहुन पनि सक्छ । तर पनि प्रेमका रङ्गीन सपनाहरु बुनिरहेका हुन्छन् ।

समाजिक सञ्जल, टीभि,फिल्म, कथा र उपन्यासबाट प्रभाबित भएको देखिन्छ आजको युवा पिढी। आज प्रविधि र विज्ञानको विकाससंगै यस्तो पश्चिमि संस्कृतिले हाम्रो समाजमा पनि स्थान पाइरहेको छन् । यस्ता संस्कृतिलाई विकृतिको रूपमा नफैलाईकन एउटा नयाँ सम्बन्धको विस्तार, सम्बन्धलाई प्रगाढ बनाउने माध्यम बनाउनु राम्रो हुन्छ । हुन त मायाप्रेमको अभिव्यक्त गर्नको लागि कुनै दिवसको रजुरत हुँदैन ।हिजो हाम्रो बा आमा , हजुरबुवा , हजुरआमाले यस्ता कुनै पी दिवस मनाउनु भएन क्यारे ।

तर पनि उहाँहरुको माया , उहाँहरुको त्याग, समर्पण, विश्वास, प्रेम त्यति हामी आजका आधुनिक युवाहरु बराबरी गर्न सक्दैनौ। त्यसैले सम्बन्धको कुनै पाई दिवस अथवा उपहारको कुनै स्थान रहँदैन, जहाँ विश्वास पनि हो । त्यसैले प्रेमी। जोड़ीहरुले बुझ्नुपर्ने कुरा प्रेम भनेको कुनै भैतिक वस्तुले व्यक्त गर्न सक्ने भावना होइन । आजको उपभोक्तावादि, भौतिकवादी समाजमा प्रणय दिवस पनि कुनै सम्बन्ध उपहारको कारणले नै राम्रो भएको छ भने त्यो सम्बन्ध अटुट बन्धन हुन्छ भन्ने कुनै विश्वास हुँदैन।

आजभोलि प्रेमविवाह पाई धेरै हुन्छ भने सम्बन्ध विच्छेद पनि धेरै हुने गरेको विभिन्न तथ्या्कले बताउने गरेको छ । यस्तो किनभइराएको छ  त भन्दा प्रेममा चाहिने त्याग , समर्पण, विश्वासभन्दा पनि ठूला ठूला रङ्गीन सपनाहरु देखिने र भौतिकवादी सोचका कारण गर्दा जीवनभर साथ दिने भनी जोडिएका सम्बन्धहरु ती आशा , अपेक्षा पूरा नभएपछि टुट्ने गरेको पनि देखिन्छ । जीवको वास्तविकता र ती रङ्गीन सपना बीचको तालमेल मिलाउन नसक्दा कै घरगृहस्थीमा पनि तहसनहस हुने गरेका  छन् ।

सदियौंदेखि मायाका प्रेमका कुरा हामीले सुन्ने , देख्ने गरेको भएता पनि त्यसलाई वर्णन गर्न र व्यक्त गर्न भने कसैले पनि सकेको छैनन । ओशोले पाई भनेको छन् ,’ प्रेम परमात्माको वरदान हो । ‘ जसले साँचो प्रेमको अनुभूति गएको हुन्छ  । उसले यसलाई व्यक्त गर्न कुनै शब्द पनि भेटेको छैन होला ।

त्यसैले मायाको लागि , प्रेमको लागि कुनै दिवस हुन झ होला जस्तो लाग्दैन । प्रेमको फूल स्वतन्त्रतामा मात्र फूल्ने गर्दछ । त्यसैले कुनै परिधि र सीमाले छेक्दैन प्रेमलाई । त्यसले यो प्रणय दिवस दुईदिनको रमाइलो मात्र नभएर जीबाभर को अटुट सम्बन्द्ध जोड्नुहोला ।

जहाँ कुनै दिवसको कुनै उपहारको स्थान नरहोस् । साथ साथै यो वर्षको प्रणय दिवसले सामाजिक सम्बन्धलाई पाई पारस्परिक विश्वास, सदभाव बाट निर्मित एकताको हाम्रो सामाजिक सबन्धको सूत्र निर्माण गरेको प्रणय दिवस केवल स्त्री पुरुषबीचको मुटु जोड्ने साइनो निर्माण संदर्भको मात्र नभई सम्पूर्ण सामाजिक शक्तिहरु बीच एकता र मिलापको दिवसको रूपमा मनाउन रसैको शक्तिको बीचमा हार्दिकता र प्रेमको पाई विकास यस दिवसले ल्याओस् सबैलाई प्रणय दिवसको शुभकामना………। *प्रेम दिवस’मा एक काल्पनिक सम्वाद*

सृजना बराइली