म्याग्दीको मंगला गाउँपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरू भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गाउँपालिकाको वडा न ५ अर्मन बाहेक ४ वटै वडामा घुम्ती शिविर सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।‘अर्मनमा अर्को मिति तय हुन्छ,‘अन्य वडामा तोकिएकै समयमै सकिन्छ’ खत्रीले भन्नुभयो ।

एउटा वडामा दुई वटा स्टेशनबाट जैविक र व्यक्तिगत विवरण दर्ता गर्नेभइरहेको गाउँपालिकाका एमआइएस अप्रेटर लोकनाथ सापकोटाले जानकारी दिनुभयो । दर्ता शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ । उहाँका अनुसार फागुन २ गतेदेखि १२ गतेसम्म परिचयपत्र दर्ता गरिने छ ।

शिवि।मा विभिन्न १३ किमिसमका सामग्री सहित ८ जना जनशक्ति परिचालन गरिएकोमा वडास्तरमा जनप्रतिनिधि सहितको टोली समेत खटिएको गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ कुहुँका अध्यक्ष एकजित रोकाले बताउनुभयो । ‘हामीले घरदैलोमै पुगेर समेत ल्याउँछौ, कोहीलाई पनि छुट्न दिन्नौ’ अध्यक्ष रोकाले भन्नुभयो । शिविरमा सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र आवश्यकता पर्ने गरी वडास्तरमा सूचना समेत गरिएको छ ।

बेनी नगरपालिकामा समेत छुटेकालाई अझै दर्ताको काम भइरहेको अवस्थामा मंगला सकिएपछि टोली मालिका गाउँपालिकातर्फ जाने छ । सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

Leave a Reply