गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ र पर्वत फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई २५–११, २५–१४, २५–१९ अंकले पराजित गर्दै म्याग्दीसगँको भेट पक्का गरेको हो ।
यस्तै पुरुष तर्फ बाग्लुङले तनहुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बाग्लुङले १८–२५, १८–२५, २५–१५, २५–१९, १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बाग्लुङ खेलमा फर्कदै पछिल्ला तिन खेल जित्दै फाइनको यात्रा तय गरेको हो ।
म्याग्दीबाट महिला भलिबल फाइनलमा प्रवेश गरेको र पुरुष भलिबल टोली भने क्वाटरफाइनलबाट बाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।
फागुन ३ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतियले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् । खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउदाँ बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०र१० हजार रुपियाँ पाउने छ ।