बेनी ३ फागुन । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार रुपैयाँ,प्रमाणपत्र र ट्रफी ,द्धितिय हुनेले १२ हजार रुपैयाँ प्रमाणपत्र र ट्रफी ,तृतीय हुनेले ८ हजार रुपैयाँ ,प्रमाणपत्र र ट्रफी तथा सान्तना हुने विद्यालयले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्ने प्रतियोगिताका मुल संयोजक एवं मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार,उक्त प्रतियोगिता जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनलेछन् ।

प्रतियोगितामा भाग लिने विद्यार्थीले १४ गते साँझ ५ बजेसम्म दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले मगर समुदायको साझा संस्था मगर संघको स्थापना दिवसको अवसरमा विद्यार्थीको प्रतिभा पहिचान र कला संस्कृतीको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागि हुन सबैलाई आग्रह गर्नुभयो । प्रतियोगिताको तयारीलाई तिव्रता दिइएको छ ।

Leave a Reply