गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिला तर्फको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको बुधबार सम्पन्न पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको छ । म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो । प्रतियोगितामा म्याग्दीकी कप्तान अरुणा शाही सवोत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

त्यस्तै उत्कृष्ट बेष्ट सेटर रिविना घर्ती, उत्कृष्ट ब्लकर मनिषा तिलिजा र उत्कृष्ट प्रशिक्षक मलिन रोका घोषित भएको जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले बताउनुभयो । महिलातर्फ जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै स्याङ्जा तेस्रो हुन सफल भएको हो । यसैबीचपुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ ले जित्दै उपाधि चुमेको हो ।तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल गरेका छन् ।

Leave a Reply