म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष पेमाकुमारी अधिकारीले समुदायको सक्रियताबाट स्थापना भएको क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा निरन्तर साथ र सहयोग रहेको बताउनुभयो ।

‘समुदायको ठूलो लगानीबाट क्याम्पस यहाँसम्म आएको छ,‘शैक्षिक र भौतिक पूर्वाधारलाई सँगै लैजानुपर्छ’ उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले क्यूएए प्राप्तीले क्याम्पसको उचाई धेरै माथी पुग्ने बताउनुभयो।उहाँले क्यूएए प्राप्ती भएमा शैक्षिक गुणस्तर सहित भौतिक पूर्वाधारमा समेत स्थानीय स्रोत र साधनको खोजी गर्न नपर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमका बोल्ने अन्य बक्ताले मंगला शिक्षा क्याम्पसलाई शैक्षिक हब बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्नुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमको सहजीकरण धौलागिरी क्याम्पसका सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मी र अगं्रेजी विभाग प्रमुख विजयराज पन्तले सहजीकरण गर्नुभएको थियो ।

तालिममा मंगला–२ का वडा अध्यक्ष धनबहादुर खाती, क्याम्पसका पूर्वअध्यक्ष चन्द्रप्रसाद बुढाथोकी, निर्वतमान अध्यक्ष श्रीराम पौडेल, मंगला माविका प्रअ गमबहादुर खत्री लगायतको उपस्थिती रहेको थियो ।आगामी दुई बर्षमा क्यूएए प्राप्ती गर्ने गरी कार्यतालिका बनाइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसले सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १ करोडबाट ८ कोठे भवन सहित तालिम, शैक्षिक अवलोकन भ्रमण,अनुसन्धानमुलक तालिम लगायतका गतिविधि भइरहेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

 

Leave a Reply