समाजमा कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र यौनजन्य क्रियाकलापमा बाध्य बनाउने, आफ्नो चाहना पूरा गर्ने बढिरहेका छन् । सहर बजारदेखि ग्रामिण क्षेत्रसम्म बालिकाका साथै बालकहरू पनि उनीहरूको निशानामा परिरहेका छन्।

फक्रिँदै गरेका कोपिलाहरुसँगै किशोरावस्थामा प्रवेश गर्दै गरेकामाथि हुने हिंसालाई न्यूनिकरण गर्ने, कुनैपनि बेला हुने आक्रमणबाट जोगिन म्याग्दीमा विद्यालय तहमा अध्ययनरत किशोरीहरुमाथि कसैले केही गरे तत्कालै आत्मरक्षासम्बन्धी तालिम सञ्चालन भैरहेको छ ।

आत्मरक्षाको सीप सिकाउन सुरू गरिएको छ । किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।

रघुगंगा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयको कक्षा ७ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई मार्सल आर्टअन्तर्गत आत्मरक्षाको तालिम दिने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको छ ।

जनता मावि दग्नाम, रितुङ मावि कुईनेमङ्गले, अमर मावि चिमखोला, मुक्तिधाम मावि राखुभगवती, महादेव मावि बेगखोला र कालिका मावि तिप्ल्याङमा आत्मरक्षाको तालिम सञ्चालन भैसकेको छ । अब छिट्टै महेन्द्र मावि झिँ, अमर मावि पाखापानी, रघुगंगा मावि राखुपिप्ले र ज्ञानोदय मावि मौवाफाँटमा पनि आत्मरक्षासम्बन्धी विषयमा तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।

लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, जबरजस्ती करणी जस्ता घटनाहरुलाई न्युनीकरण गर्ने, किशोरीहरुमा आत्मबल बढाउन र खेलकुदप्रति उनीहरुको आकर्षण पैदा गर्नमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

आत्मरक्षा तालिमका प्रशिक्षक एवं गण्डकी खेलकुद परिषद सदस्य चन्द्रा घले गुरुङले आत्मरक्षासम्बन्धी विषयमा सैद्धान्तिक कक्षाको साथै किशोरीहरुलाई प्रयोगात्मक अभ्यास समेत गरिएको बताईन् । ‘अब डराएर चुप लागेर किशोरी बस्दैनन्, हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सक्छन्’ उनले भनिन् ।

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले विद्यालय तहबाटै लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षाको तालिम सञ्चालन गरिएको बताईन् ।

उनले जिल्लाका अन्य स्थानीयतहसँग समेत समन्वय गरेर कार्यक्रम गर्ने बताईन् । घरभित्र र बाहिर किशोरीमाथि हुने आक्रमणलाई मध्यनजर गदैं तालिमको आवश्यकता रहेको बताईन् । आत्मरक्षा तालिमले किशोरीहरुमाथि हुने हिंसा न्युनीकरणमा सहयोग पुग्नुका साथै हिंसा भएमा त्यसको प्रतिकार गर्नका लागि आत्मबल वृद्धि हुने अपेक्षा गरिन् ।

 

Leave a Reply