प्रतियोगिता अन्र्तगत शुक्रबार भएको रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा कास्कीका सुमन गुरुङले ५ सय ९५ अंक बटुल्दै अग्र स्थानमा रहनुभएको छ । कास्कीकै अशिम शेरचनले ५ सय ८८ अंक ल्याउदै दोश्रो स्थानमा रहाँदा कास्कीकै दुर्गा घर्तिमगर ५ सय ५७ अंक सहित तेश्रो स्थानमा रहनुभयो । यसैगरी पुरुष स्टाण्डर्ट तर्फको विधामा बागलुङका हिकमत पुरी अग्र स्थानमा रहनुभएको छ भने कास्कीका ३ सय २७ अंक सहित रबिन थापा र कास्कीकै प्रदिप पूर्जा ३ सय २७ अंक सहित दोश्रो स्थानमा रहनुभएको छ ।

त्यसै गरी रिकर्ब खुल्ला महिला तर्फको प्रतिष्प्रर्धामा पहिलो दिनको खेलमा कास्कीका खेलाडीहरु अग्रस्थानमा रहेका छन् । कास्कीका केशरी आले मगरले र कास्कीकै बिष्णु माया लिम्बुले समान ५ सय ८८ अंक ल्याउदै अग्रस्थानमा रहे भने कास्कीकै अनुस्का शेरचनले ५ सय ७२ अंक ल्याउदै दोश्रो स्थानमा हुनुहुन्छ ।

शनिबारसम्म पोखरा रगंशालाको आर्चरी खेल मैदानमा संचालन चल्ने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले गर्नुभयो। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरूङले हरेक कुरा सफल हुन शारीरिक रूपमा स्वस्थ हुन आवश्यक भएको बताउनुभयो ।

कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, परिषदका का.बा.सदस्य सचिव घनश्याम पौडेल, संघका केन्द्रिय अध्यक्ष दीपकराज गुरुङ लगायतले खेलकुदको विकास गर्न यस्ता प्रतियोगिता निरन्तर रुपमा आयोजना हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा खेलाडीहरुको साथमा गण्डकी प्रदेशका सांसदहरु प्रकाश बराल र विकल शेरचनलाई समेत सम्मान गरिएको थियो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन हुने भएको उक्त प्रतियोगिताको सह— आयोजक कास्की जिल्ला आर्चरी सघले रहेको छ । हिमाली आवाज 

Leave a Reply