म्याग्दीको माउण्ट एभरेष्ट आवासिय माविको ३३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । म्याग्दी जिल्लाकै शैक्षिक प्रतिष्ठान एवम आईएसए अवार्ड २०२१–२४ (ISA Award, 2021-24 ) मान्यता प्राप्त माउण्ट एभरेष्टको अभिभावक भेलाको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि थापाले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उतिकै आवश्यक रहेको बताउँदैँ शिक्षामा गुणस्तर वृद्धि गर्ने निजी विद्यालयहरुको योगदान अतुलनीय रहेकोमा जोड दिनुभयो । त्यस्तै विद्यालयका शैक्षिक निर्देशक राजु केसीले विद्यालय गतिविधी तथा कार्यक्रमका सम्बन्धमा आफ्नो मन्तब्य राख्नुभएको थियो ।

उहाँलेशैक्षिक व्यक्ति,अभिभावक, शिक्षक तथा विधार्थीहरुको साथ र सहयोगबाट नै विद्यायल यो स्थानसम्म आईपुगेको भन्दै सहयोगी हातहरुलाई आभार प्रकट गर्नुभयो । निर्देशक केसीले विद्यालयमा सिकाईमा आधारित अध्यापन गराईएको वताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक भेषभुषा सहितको ¥यालीले बजार परिक्रममा गरि प्रभातफेरी गरिएको थियो । कार्यक्रममा १० वर्षे अध्यापन गरेका एवम उत्कुष्ट शिक्षकरुलाई सम्मान, वर्षका उत्कृष्ट ६ जना अभिभावहरुलाई सम्मान, पूर्व शिक्षकहरुलाई सम्मान तथा उत्कृष्ट पूर्व विधार्थीहरुलाई सम्मान तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, विद्यालय संचालक रमेश गिरीको अध्यक्षता, विद्यालय संचालक, बिभिन्न विद्यालय संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको कायक्रम शैक्षिक निर्देशक राजु केसी एवम +२ ईन्चार्ज राम प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो।

 

Leave a Reply