म्याग्दीका मोटरसाईकल मर्मत तथा सर्भिस सेन्टर सञ्चालकहरू संगठित भएका छन् । शनिबार सदरमुकाम बेनीमा भएको भेलाबाट बेनीबजारमा ब्यवसाय गदैं आइरहेका ब्यवसायीहरूले सेवा प्रवाहलाई ब्यवस्थित बनाउन सहित ब्यवसायीक हकहितका लागि बमबहादुर केसीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सागर थापा, सचिव सुमित सुबेदी, कोषाध्यक्ष ओस्कार श्रेष्ठ, सहसचिव राजबहादुर केसी, सहकोषाध्यक्ष अनुपम केसी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिशाल चौधरी, सन्तोष खत्री,लल्लु खान, तारा प्रसाद शेरपुन्जा, चन्द्र घताने, आषिश खत्री,नारायण बहादुर कार्की तथा अतुल राजभण्डारीलाई चयन गरिएको सचिव सुमित सुबेदीले जानकारी दिनुभयो ।

मोटरसाईकल वर्कसप ब्यबसायी संगठित भएर एक अर्कामा पारस्परिक सहयोगको लागि समिति गठन गरिएको अध्यक्ष्य बम बहादुर केसीले बताउनुभयो । मोटरसाकल ब्यवसायीले संस्थागत गतिविधिका साथै सामाजिक एवम् अन्य सेवाहरु समेत सञ्चालन गर्ने जनाएको छ । तदर्थ समितिले समयमै अधिवेशन गरी जिल्लाका सबै स्थानीय तहमा रहेका ब्यवसायीलाई आबद्ध बनाउने जनाएको छ ।

Leave a Reply