अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

On: February 19, 2023 7:42 PM
Follow Us:

हरि गिरी
म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह–कोषाध्यक्षमा सन्दिप खत्री र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल, नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल, तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएको मोना अस्ट्रेलियाका सचिव सुमन बानियाँले जानकारी दिनुभयो । मोना अष्ट्रेलियाले जन्मभूमी म्याग्दीका सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग गर्ने गरेको छ । नयाँ कार्यसमितिले समेत विगतका गतिविधिलाई निरन्तरता दिदैं संस्थागत कार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।