नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो ।

खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुवेदी ,उपाध्यक्षमा चन्द्रमान छन्त्याल,सचिवमा विनय श्रेष्ठ ,अर्थ सचिवमा शिवदत्त रेग्मी ,सहसचिव महिलामा अञ्जु पोख्रेल ,अर्थ सह सचिव महिलामा भगवती शर्मा ,सहसचिवमा ज्ञानेन्द्र वीक्रम शाह ,सह सचिव समावेशीमा गिता सुवेदी , र सह सचिव समावेशीमा राजेन्द्र जिसी चयन हुनुभएको निर्वाचन संयोजक दिवाकर सुवेदीले जनाकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा सुनिल बहादुर बानियाँ, बिमला बुढा सिंकिजा पुन , प्रेम बहादुर थापा, लिल बहादुर सुनार,रमेश प्रसाद पौडेल रहनुभएको छ । संघमा पालिकाका अध्यक्षहरुलाई कार्यसमितिको पदेन सदस्य रहने ब्यवस्था छ। अधिवेशनले प्रदेश अधिवेशनमा रुद्र बहादुर घर्ती क्षेत्री र खेमराज शर्मालाई चयन गरेको छ भने संघिय अधिवेशन प्रतिनिधिमा कल्याण प्रसाद सुवेदी, देउमान घर्ती, जमुना कुमारी रोका, पदम बहादुर केसी र गजिन्द्र श्रेष्ठलाई चयन गरेको छ।कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शिक्षक सम्मानित पेशा भएकाले थप ब्यवस्थित बनाउने र आफ्नो पेशागत धर्मलाई पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई संघीय प्रतिनिधिसभामा समेत बोल्ने र कार्यान्वयनका लागि समेत दवाव दिने बताउनुभयो । पेशागत संगठनलाई थप बलियो बनाउन क्रियाशिल हुन आग्रह गर्दै आफ्नो तर्फबाट सधै सहयोग रहने बताउनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी लगायतका नेताहरुले बोल्नुभएको थियो ।अधिवेशनमा बोल्ने अधिकांस नेताहरुले शिक्षा ऐन कार्यान्वयन गर्न माग गरेका थिए ।

कार्यक्रममा सेवा निबृत्त १७ जना शिक्षकलाई सम्मान, कोभिडको समयमा आईसीटी तालिम दिने प्रशिक्षकहरु र पुर्ब शिक्षकसंघका अध्यक्षहरुलाई सम्मान गरिएको थियो। नवनिर्वाचत अध्यक्ष खत्रीले पेशागत संगठनसँग सहकार्य गरी शिक्षकका आवश्यक मागहरुमा निरन्तर दवाव दिने बताउनुभयो । शिक्षक संघ म्याग्दीमा करिब ४ सय शिक्षक आवद्ध छन्।

 

Leave a Reply