सन्तानको रहर पुगेकाहरुका लागि म्याग्दीको सदरमुकाम बेनीमा सोमबारदेखि स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनी अस्पतालमा ८ र ९ गते महिलालाई मिनील्याप र पुरुषलाई भ्यासेक्टोमी शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार २ बर्षपछि पहिलोपटक शिविर हुन लागेकाले सबै स्थानीय तहमा समेत प्रचारप्रसार सहित जानकारी गराइएको छ । पछिल्लो समय महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम छ । पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी छ ।

Leave a Reply