‘सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक नियम जानौ पनि मानौ पनि‘ भन्ने उद्देश्यले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा एक दिने सडक सुरक्षा सचेतना कार्यक्रम गरेको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत अस्थाई ट्राफिक प्रहरी पोष्ट दरबाङबाट प्रहरी जवान याम बहादुर बस्नेतले ग्रामिण भेगमा चल्ने सवारी साधनका चालक, सह–चालक, तथा यात्रुहरुलाई मध्यनजर गर्दै सम्भावित सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले,ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा सवारी चालक,परिचालक, ब्यबस्थापक तथा सवारीधनी, र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सचेतनामुलक कार्यक्रममा सवारी चालकले सवारी साधन चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम लगायतका विषयमा जानकारी दिइएको थियो । सचेतनामुलक कार्यक्रममा सवारीचालकले पेशालाई अझै मर्यादिन, प्रतिष्पर्धी र ब्यबसायिक बनाउने प्रतिबद्धता जनाएका थिए ।

सवारीचालकको हेलचेक्राई, सिकारु चालक, कच्ची सडक, सवारीसाधन पूरानो र क्षमताभन्दा धेरै यात्रु बोक्दा सवारीसाधन दुर्घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समुदायस्तरमा पुगेर विभिन्न सचेतनामुलक कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। ।

Leave a Reply