लायन्सको गर्भनरमा म्याग्दीका केसीको मनोनयन दर्ता

0
13

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले मनोनयन दर्ता गराएका छन । समाजसेवी केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डेले मनोनयन दर्ता गराएका हुन् ।

सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुन् । सोमवार काठमांडौंमा आयोजित एक समारोहमा डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम जिल्ला अधिवेशन नोमीनेशन कमिटीका चेयरपर्सन एवं पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललाई मनोनयन पत्र बुझाएर तिन जनाले आ–आफ्नो दावी प्रस्तुत गरेका छन ।

मनोनयन दाखिला कार्यक्रममा लायन्स अन्तरराष्ट्रियका आईडि ईन्ड्रोर्सि बालकृष्ण बुर्लाकोटी, लायन्सका एलसिआईएफ एरिया लिड़र राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, लायन्स मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका लगाएत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो ।

गतबर्ष लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टलाई १५ वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टीङ गरेको थियो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा मात्र लायन बर्ष २०२२÷२३ देखी ५ वटा डिष्ट्रिक्ट भएका थिए । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको फागुन २७ गते पोखरामा प्रथम जिल्ला अधिवेशन हुदैछ । ‘लायन्सको यात्रामा धेरैलाई नेतृत्वमा पुग्न साथ दिएको छु,‘आफुँले देखेका केही सपना पुरा गर्न मैले उम्मेदवारी दिएको छु’ केसीले भने ।

म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लवका विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल भएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गरेका थिए ।म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान समेत गरेका थिए ।

फरक परिवारबाट कलेजो दान दिएर बालिकाको ज्यान जोगाएवापत नेपाल सरकार महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित समेत भएका केसीले विपन्न बालबालिकाको शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेका छन् । केसीले अगुवाई म्याग्दी सहित धौलागिरी भित्रका जिल्लामा सामाजिक क्षेत्रमा धेरै काम भएको छ ।

केसीको अगुवाईमा लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको थियो भने म्याग्दी बहुमुखुी क्याम्पसमा समेत १ करोडभन्दा बढी सहयोगमा विज्ञान प्रयोगशाला स्थापना हुदैछ ।