लायन्स क्लव बेनी पिस सिटीले म्याग्दी कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद साम्रागी सहयोग गरेको छ । बेनी नगरपालिका-२, खवरामा अवस्थित कारागारमा एक कार्यक्रमका बिच भलिबल, नेट सहित खेलकुद साम्रागी सहयोग गरेको क्लवका सचिव बामदेव रिजालले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष लोकेश पुन मगर, खमथापा मगर लगायतको उपस्थिीति रहेको थियो । क्लवल े समुदायस्तरमा विभिन्न कार्यक्रम, स्वास्थ्य शिविरका साथै सामाजिक एवम् अन्य मानवीय सेवामा समेत सहयोग गदैं आइरहेको छ । क्लवका अध्यक्ष नन्दकु्मार पाईजाले आगामी दिनमा समेत रचनात्मक सहयोगका कार्यक्रमहरुलाई जारी राखिने बताउनुभयो ।

Leave a Reply