अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

प्रथम ‘नरबहादुर भट्टचन स्मृति कपको उपाधी घतान र मंगलालाई

On: February 21, 2023 10:29 PM
Follow Us:

‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कपको उपाधी बेनी नगरपालिका वडा नं ९ घतान र मंगला गाउँपालिकाले जितेको छ । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा सम्पन्न भएको अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगितामा पुरुषतर्फ बेनपा–९ घतान प्रथम, मंगला गाउँपालिका–५ अर्मन दोस्रो भएको छ ।त्यस्तै महिलातर्फ विजेता मंगला र उपविजेता मालिका यूवा क्लव भएको छ ।

प्रतियोगितामा पिुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ र खुल्ला महिलातर्फ प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसीले बताए ।

प्रतियोगितामा पुरुषतर्फ १३ टिमको सहभागिता रहेको छ भने खुल्ला महिला भलिवलमा ६टिम सहभागी थिए ।नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्टालिन शेरचन÷सरद शेरचन र सह–आयोजक मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ सुजन चोखाल क्षत्री, महिलातर्फ पवित्रा विसी उत्कृष्ट खेलाडी घोषित भए। स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचलाई समेत नगद सहित सम्मान गरिएको थियो ।प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गरेका थिए । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतियोगिताका विजेतालाई प्रमुख प्रायोजक स्टालिन शेरचन र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले वितरण गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रमका अध्यक्ष मंगला भलिबल संघका अध्यक्ष केसी, सञ्चालन सचिवालय संयोजक कृष्णप्रसाद सापकोटाले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ।