सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा १० जनाले सेवा लिएका छन्। स्वास्थ्य कार्यालय म्याग्दीले बेनी अस्पतालमा आयोजना गरेको बन्ध्याकरण शिविरमा १ महिलाले मिनील्याप र ९ पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । फागुन ८ र ९ गते भएको शिविरमा यसपटक महिलाले भन्दा पुरुषले बढी सेवा लिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो ।

पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी हुने गरेको भएपनि पछिल्लो समय महिलाको तुलनामा पुरुषले नै सेवा लिने गरेका छन् । लामो अवधिको अस्थायी साधन प्रयोग गर्ने महिला बढेकाले स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा पनि कमी देखिएको छ । स्थानीय तह तथा गाउँमै विभिन्न गैरसरकारी संस्थामार्फत महिलाले इम्प्लान्टलगायतका सेवा पाएका छन् । शिविरमा भ्यासेक्टोमी गर्ने पुरुष अधिकांस बैदेशिक रोजगारीबाट फर्किएका छन् ।

Leave a Reply