बेनी नगरपालिका–२,खवरामा अवस्थित हंश वाहिनि आधारभूत विद्यालयको ४० औ वार्षिकोत्सव मनाएको छ । समुदायको पहल र सक्रियतामा भौतिक पूर्वाधार विस्तार सहित थुप्रै शैक्षिक अभियान सञ्चालन गरेको विद्यालयको बाषिकोत्सवको वडा अध्यक्ष यामबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।

वडा अध्यक्ष कार्कीले समुदायको पहलमा विद्यालयले शैक्षिक एवम् भौतिक पूर्वाधारमा फड्को मारेको बताउँदै अभिभावक, शिक्षकको तालमेलले समेत बालबालिकाको शैक्षिक गुणस्तरमा परिवर्तन आउने बताउनुभयो । सोही अवसरमा शैक्षिक सत्र – २०७९ मा हालसम्म संचालित विभिन्न अतिरिक्त गतिविधिमा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरि सम्मान समेत गरिएको थियोे ।

वि.व्य.स अध्यक्ष शुभसागर शर्मा सापकोटाको सभापतित्व , वडाअध्यक्ष कार्कीको प्रमुख आतिथ्यता, जग्गादाता उजेलि सापकोटा, कुल व सापकोटा , नेपालि कांग्रेस म्याग्दीका नेता क्या.मिन व कार्कीकोे विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्जुन माविका भुपु प्रधानाध्यापक एवम विद्यालय सल्लाहकार भद्र व सापकोटा वि.व्य.स सदस्य तेजेन्द्र कार्की, शि.अ.स अध्यक्ष सोविता सापकोटा, विद्यालय वचाउ अभियानको कोषाध्यक्ष एवम वि.व्य.स सदस्य सिर्जना सापकोटा लगायतको विशेष उपस्थिती र सम्पूर्ण अभिभावहरूको उपस्थिति रहेको थियो ।

विद्यालय शिक्षक युवराज सुवेदीको संचालन,विद्यालय प्रअ भोजनाथ शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयको प्रगति र थप योजनाका बारेमा जानकारी गराइएको थियो । विस २०३९ साल यता ४ दशकसम्म लगातार खवरा, पिपलडाडा र आम्वोट क्षेत्र समेत बि.स २०७७ सालमा आफ्नो गाउँ आफै वनाउ अभियान अन्तरगतको पहिलो प्राथमिकतामा विद्यालय शैक्षिक गुणस्तर निर्माण अभियान अन्तरगत देश विदेशवाट विद्यालयका भुपु विद्यार्थि एवम शुभचिन्तकको विशेष पहल ( आर्थिक अभियान ) मार्फत कम्पुटर कक्षा, वाल कक्षा व्यवस्थापनको साथमा समयको मागअनुसार नेपाली अङ्ग्रेजी दुवै माध्यमवाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply