म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको एघारौँ साधारण सभा,२०औ वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १० तारिकका दिन हुने भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व समेत चयन गर्ने महासचिव अजय कुँवरले बताउनुभयो ।

सन् २००३ मा स्थापना भएको म्याग्दी सेवा समाजलाई रुपान्तरण गरी स्थापना भएको मोना कतारले कतारमा रहेका म्याग्देली तथा जन्मभुमीमा सामाजिक, मानवीय तथा विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

कतारमा समस्यामा परेका म्याग्देलीलाई उद्धार, उपचार तथा स्वदेश फिर्तीमा टिकट सहित आवश्यक प्रक्रियामा समेत सघाउने गरेको मोनाले सहयोग तथा विभिन्न राहतका कार्यक्रमहरुलाई थप संस्थागत गर्ने मोना कतार बहुउदेश्यीय अक्षय कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सञ्चालन गरेको छ ।

मोना कतारले साधारणसभामा कतारमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि समेत विभिन्न माध्यमबाट अनुरोध गरेको बरिष्ठ उपाध्यक्ष राजु पौडेलले बताउनुभयो । ‘हामीले संस्थाबाटै समस्या समाधान गर्नसक्छौ, संस्थामा आवद्ध भएर सहकार्य गर्न सम्पूर्ण म्याग्देलीलाई अपिल गछौ’ पौडेलले भन्नुभयो । साधारणसभा तथा बार्षिकत्सव फूलबारी रेस्टुरेन्ट सनैया ३३ नम्बर (कान्तिपुर हस्पिटल बिल्डिङमा हुने बताइएको छ ।

थप जानकारीका लागिः
का.वा. अध्यक्षः राजु पौडेल ५००७९३०७
महासचिवः अजय कुवर– ५०६२८५८८
सचिवः रामकृष्ण शर्मा –३३८२८०४७

Leave a Reply