लागु औषध बोकेर हिडिरहेको अवस्थामा एक यूवा पक्राउ परेका छन् । म्याग्दीका लागु औषधका प्रयोगकर्तालाई लक्षित गरी झोलामा लिएर आउँदै गरेका रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा खानलाई नियन्त्रणमा लिइएको हो ।
छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–३ मल्लाज चोकमा सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन ढकालले बताए ।
उनका अनुसार छिमेकी जिल्लामा नियन्त्रण गरिएकाले जिल्ला प्रहरी कार्यालय पर्वतलाई थप अनुसन्धानको जिम्मा लगाइएको छ । यता नेत्र विक्रम चन्द विप्लवको टोलीले आफ्नो प्रयासमा नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको दावी गरेको छ। अभियुक्त नियन्त्रणमा लिने क्रममा सार्वजनिक भएको तस्वीरमा विप्लवका स्थानीय नेताहरु समेत देखिन्छन् ।
प्रेष विज्ञप्ति जि.प्र.का.म्याग्दी ।अभियुक्तबाट ३९३ ट्वलेट नाइट्राजेपाम बरामत गरिएको छ । म्याग्दीमा विद्यार्थी उमेरका लागु औषधको दुब्र्यसनी भेटिएका छन् । सदरमुकाम बेनीको कालिपुल, न्यूरोडका साथै छिमेकी जिल्ला पर्वतबेनीमा सामुहिक प्रयोग गर्ने सुचनाको आधारमा प्रहरीले खोजीकार्य तिब्र बनाएको थियो ।