नेकपा विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागूऔषध सहित एक जनालाई समातेर प्रहरीको जिम्मा लगाएको छ । नाइट्रो भ्याट नामक लागूऔषध सहित मुस्ताक अलि नाम गरेको ब्यक्तिलाई बिहिवार पर्वत मल्लाज चोकमा समातेर जिल्ला प्रहरी कार्यालय म्याग्दीलाइ पार्टीले बुझाएको हो । लागु औषधका कारण यूवाहरु फस्दै गएको भन्दै नेकपा विप्लव सी ले म्याग्दी तथा आसपासका क्षेत्रमा नियमित सेवन गर्ने शंकास्पद स्थानमा छापा,सर्च अभियान सुरू गरिएको जिल्ला इन्चार्ज उषा सी ले बताउनुभयो ।

‘देश बनाउने यूवा कुलतमा फस्न दिन्नौ,‘यो अभियान यूवालाई कुलतबाट जोगाउनु हो’ उपाले भन्नुभयो । जिल्लाको शिर्जनशिल शक्ति युवा शक्ति पछिल्लो समय लागू औषधमा फस्दै गइरहेको र यसले समाजमा दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकोले सर्च अभियानको सुरु गरिएको जिल्ला सेक्रेटरी कैलाश सीले बताउनुभयो । म्याग्दीमा भारतीय नागरिक, तराई क्षेत्रबाट म्याग्दी र आसपासका क्षेत्रका प्रयोगकर्तालाई बिक्री गर्न आउने गरेको सूचनाका आधारमा निगरानी गरिएको नेकपाले जनाएको छ।

Leave a Reply