सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी महारानीले गलेश्वर वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको क्लवकी अध्यक्ष भिमकुमारी सुबेदीले बताउनुभयो ।करिब १८ हजार २ सय बराबरको खाद्यान्न गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी सहितको उपस्थितमिा हस्तान्तरण गरिएको छ ।

क्लवका पूर्व अध्यक्ष सहित पदाधिकारी लगायतको उपस्थितिमा भएको कार्यक्रममा क्लवले आगामी दिनमा समेत आश्रमसँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाइएको थियो । म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो। क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन गदै आइरहेको छ ।

Leave a Reply