म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको जिल्लास्तरीय आठौँराष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो ।

जिल्लास्तरीय प्रतियोगितामा लगातार ३ पटक कप जितेर बेनी नगरले शिल्ड पच गरेको छ । अन्नपुर्ण गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ३ काँस्य जितेर उपविजेता भएको छ भने भने ५ स्वर्ण, ३ रजत र ४ काँस्य सहित मंगला गाउँपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका सचिवालय प्रमुख विरेन्द्र श्रेष्ठले बताए।

छात्र भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका र उपविजेता अन्नपूर्ण गाउँपालिका भएको छ भने छात्रातर्फ विजेता मंगला गाउँपालिका र उपविजेता अन्नपूर्ण गाउँपालिका भएको छ । त्यस्तै कवड्डीतर्फ छात्रमा अन्नपूर्ण प्रथम, उपविजेता बेनी नगरपालिका र छात्रातर्फ प्रथम अन्नपूर्ण र द्धितिय मालिका गाउँपालिका भएको छ ।

यसैबीच एथलेटिक्स विधामा १४ स्वर्ण, ६ रजत र ५ काँस्य सहित बेनी नगरपालिका प्रथम,४ स्वर्ण ३ रजत र १ काँस्य सहित मंगला द्धितिय र ३ स्वर्ण, ५ रजत र ६ काँस्य सहित मालिका गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा मंगला गाउँपालिकाकी रिक्जना माझीले ४ वटा स्वर्ण पदक जित्दै प्रतियोगिताकी सवोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश ः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । जिल्लास्तरीय रनिङशिल्डमा विभिन्न विधामा उत्कृष्ट भएका ८८ जना खेलाडीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने छन् ।

प्रतियोगिताको समापना कार्यक्रममा जिल्लास्तरमा छनौट भएका खेलाडीलाई कुनैपनि कमी हुन नदिने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य गर्बुजालेखेल र खेलाडीको विकासका लागि सक्दो प्रयास गरेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारले सबै किसिमका खेलहरुमा लागनी बढाउँदै जानुपर्ने बताए ।

 

 

 

Leave a Reply