बेनी आवासीय माविले ३२ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले स्थापनाकालदेखि शिक्षाको गुणस्तरलाई कायम गर्दै अभिभावकको मन जित्न सफल भएको बताएका थिए ।

बार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गदैं श्रीकृष्ण जेष्ठ नागरिक आश्रमका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले शैक्षिक जनशक्ती उत्पादनमा विद्यालयले गरेको मेहनतको उच्च प्रशंसा गर्नुभएको थियो । नेपालभित्र र बाहिरी देशमा समेत विक्न सक्ने क्षमतावान् विद्यार्थीहरु उत्पादन गरेको विद्यालयले शैक्षिक तथा अन्य त्रियाकलापमा समेत उत्तिकै प्राथमिकता दिने गरेको बताउनुभयो ।

सोही अवसरमा पूर्व अभिभावक राजेन्द्रप्रसाद आचार्यले सक्षम र सबल ब्यवस्थापन, विद्यार्थीमैत्री शिक्षक र पठन क्रियाकलामा जनशक्तीको परिचालन, अतिरिक्त क्रियाकलाप सहित अनुकुल वातावरणका कारण विद्यालयको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गरेको बताउनुभयो । ‘मेरो तीन सन्तान यसै विद्यालयका उत्पादन हुन्, अहिले विश्वबजारमा उत्कृष्ट काम गरिरहेका छन’ आचार्यले भन्नुभयो ।

उहाँले अभिभावकसँग नजिकको सम्बन्ध स्थापित गर्र्ने, विद्यार्थीका हरेक गतिविधिमा निरन्तर अभिभावसँग समन्वय गर्ने तथा विद्यार्थीलाई लक्ष्य प्राप्तीमा विद्यालयको शैली निकै लोभलाग्दो रहेको बताउनुभयो । बार्षिक उत्सवको अवसरमा विभिन्न ५३ विधामा १ सय विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै मन्टेश्वरी देखि कक्षा १० का विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने अभिभावक, शिक्षकले समेत गीत र नृत्य देखाएका थिए ।

विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले अभिभावकको विश्वास र जनशक्तीको उचित ब्यवस्थापन र परिचालनका कारण शिक्षाको स्तर कायमै राख्न सफल भएको बताउनुभयो । बार्षिक उत्सव तथा अभिभावक भेलामा संस्थापक रेशमबहादुर बानियाँले आफ्ना अभिभावकहरुको दृष्टिकोण निकै नै सकारात्मक बनाउनुको प्रमुख कारण शैक्षिक गुणस्तर र एसईईमा प्राप्त नतिजा समेत रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा समेत शिक्षाको गुणस्तरीयतालाई नै आफ्नो निरन्तरताको प्रमुख आधार बनाएर थप अन्य अतिरिक्त कार्यहरु गर्ने बताउनुभयो । विद्यालयका संस्थापक बानियाँको अध्यक्ष शिक्षकको तर्फबाट सञ्जयकुमार श्रेष्ठ र छात्रा राजवी थापाले स्वागत र शिक्षक विशाल क्षत्री र दिपिका सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply