आफ्ना मूल्य तथा मान्यताका आधारमा सञ्चालन भएका सहकारीमा समस्या नभएको शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । सहकारीलाई सेयर सदस्य अनुकुलका गतिविधिमा केन्द्रित गरी लक्ष्य प्राप्तीमा केन्द्रित भएकालाई सहज रहेको बताइएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)ले ब्यवसाय प्रर्बधन सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको उद्घाटन गदैं नेफ्स्कुनकी उपाध्यक्ष शान्ती गिरीलेसहकारी संस्था सञ्चालनमा सञ्चालकहरूको क्षमता विकास, कार्यालय सञ्चालन व्यवस्था, सुशासन, बित्तीय विश्लेषण, संस्थाको मिसन, भिजनसहितको रणनीतिक योजना तय गरी अगाडी बढ्नेलाई समस्या समाधनमा समेत सहज रहेको बताउनुभएको थियो ।

उहाँले सहकारी संस्थालाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न आवश्यक परेमा विभिन्न किसिमका क्षमता विकास सहितका योजनाहरुमा सघाउने बताउनुभयो । सहकारी संस्थाको बृहत्तर हितमा केन्द्रित भएको नेफ्स्कुनसँग सहकार्य गरेका धेरै सहकारीहरु अहिले आफ्नो लक्ष्य प्राप्तीमा केन्द्रित रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दीपक कार्की, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष क्या. मिन बहादुर कार्की लगायतको उपस्थिीति रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका ब्यबसाय बिभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो । बेनी उपशाखाका समन्वयकर्ता रामजीप्रसाद सुबेदीको स्वागत, पोखरा शाखाकी कमला गिरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा म्याग्दी र पर्वतको जलजला गाउँपालिका भित्रका सहकारीका ५६ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply