म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा भएको प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधी बागलुङले जितेको छ ।

म्याग्दी कपमा १० स्वर्ण पदक सहित बागलुङले म्याग्दी कपको उपाधी हासिल गरेको छ। त्यस्तै ५ स्वर्ण सहित कास्की उपविजेता तथा २ स्वर्ण सहित म्याग्फी तृतिय भएको छ । शनिबार दरबाङमा सम्पन्न भएको म्याग्दी कपका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट र प्रोफेशनल प्रतियोगिताका देशभरबाट झण्डै २ सय खेलाड सहभागी भएका थिए ।

प्रतियोगिताको प्रोफेशनल खेल तर्फ ३०–३५ तौल समुहमा प्रतिस्पर्धा भएकोमा पोखरा बारपाटन सिएच आईटीएफ तेक्वान्दो डोजाङका खेलाडी पुर्णिमा मोक्तानले स्वर्ण पदक जित्नुभएको थियो भने केबी एकेडेमी म्याग्दी दरबाङका सुस्मा पुनले रजत र बागलुङ ढोरपाटनका खेलाडी सुचना घर्ती मगरले काँस्य पदक जित्न सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार रुपैयाँ र १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको कुशल बुढामगरले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढाले खेलकुद विधामा सएच आईटीएफ तेक्वान्दोको आफ्नै महत्व रहेको बताउँदै यस खेललाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वजगतमा यस खेलको आफ्नै महत्व भएपनि नेपालमा राज्यको लगानी र चासो कम रहेको बताउनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि म्याग्दी प्याप्सनका अध्यक्ष हिरा पुनले समापन गदैं आईटीएफ तेक्वान्दोले खेलाडीलाई आत्मरक्षामा समेत सघाउने बताउनुभयो ।

प्रतियोगितामा कास्की सिएच आईटीएफ तेक्वान्दो संघका खेलाडी बिना पतेल उत्कृष्ट महिला खेलाडी छनोट हुनुभएको छ । प्रतियोगिताको समापन कार्यक्रम खिमलाल मरासिनीको सञ्चालन अध्यक्षता म्याग्दी सिएच आईटीएफ तेक्वान्दो संघका प्रबिना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply