महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले महिलाहरुमा आर्थिक सशक्तिकरण हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले गरिबी तथा विपन्न र आर्थिक परनिर्भरताको कारण समुदायमा महिला हिंसा हुनेहुँदा हिंसाको न्युनीकरण गर्न आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउँदै बीमाले गरिबी तथा हिंसाको न्युनीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले महिला तथा आर्थिक सशक्तिकरण, बीमाको जानकारी, बचत तथा लगानी गर्ने बानीको विकास, सचेतनालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उहाँले एउटा गृहणी महिलाले स–सानो बचत कसरी सङ्कलन गर्ने र त्यसलाई लगानीमा कसरी परिचालन गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पाखापानीका वडा सदस्य दलप्रसाद पुन र अमर माविका शिक्षक सरला पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम चेतनशील आमा समूह कोटगाउँका अध्यक्ष बेसरी पाईजाको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता तथा भूमे आमा समूह पाखापानीका अध्यक्ष भीमा पाईजा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पाखापानीका ५० जनाले सहभागिता जनाएका थिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको तालिम कार्यक्रम देशका २१ जिल्लामा सम्पन्न गरी दोस्रो चरणको अन्तत्र्रिmयाको सुरुवात गरेको जनाएको छ । गएको पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम म्याग्दीमा पहिलोपटक अन्नूर्ण गाउँपालिका–६, घारबाट सुरु भएको थियो ।

इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्ष २०७७÷०७८ मा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमको सञ्चालनपछि इन्स्योरेन्सले यसवर्ष ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ नामक कार्यक्रम सुरु गरेको हो । समाजमा पिछडिएका र आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समेत गरिएको छ ।

Leave a Reply