नेकपा विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनयूद्धमा ज्यान गुमाएकालाई राष्ट्रिय सहिद घोषणा गर्न माग गदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका बारेमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रजिअ तुलसीराम पौडेलमार्फत नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने माग गरिएको जिल्ला इन्चार्ज उषा सी ले बताउनुभयो । वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरिएको हो । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाउनुपर्ने माग समेत गरिएको छ ।

Leave a Reply