म्याग्दीका मगर समुदायले सोमबार ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाएका छन् । मगर संघ म्याग्दीले दिवसको अवसरमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । दिवसको अवसरमा भेषभुषासहितको सोरठी, कौडा, सालैजो नाचसहित बेनीबजार परिक्रममा गरिएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीको आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्धय हरि भण्डारी, बिमला गौचन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार रुपैयाँ,प्रमाणपत्र र ट्रफी ,द्धितिय हुनेले १२ हजार रुपैयाँ प्रमाणपत्र र ट्रफी ,तृतीय हुनेले ८ हजार रुपैयाँ ,प्रमाणपत्र र ट्रफी तथा सान्तना हुने विद्यालयले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्ने प्रतियोगिताका मुल संयोजक एवं मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खम थापा मगरले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा मगर समुदायको सांस्कृतिक, राजनैतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजनासँगै विद्यार्थीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने गरी लोकनृत्य प्रतियोगिता गरिएको मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले बताउनुभयो ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । म्याग्दी मगर बाहुल्य जिल्ला भएपनि मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो गर्ने गरिएको छ ।

Leave a Reply