म्याग्दीमा रहेका मुद्रण व्यवसायीहरुको भेलाले “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । भेलाले मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनभएको छ । खत्रीको नेतृत्वमा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई, सहसचिवमा भुवन रोका रहनुभएको छ । संघको सदस्यहरुमा केशव पौडेल, खगेन्द्र थापामगर, भिमनाथ शर्मा, बालकृष्ण हर्मेल रहेका छन् । त्यस्तै सल्लाहकारमा सुदर्शनकुमार श्रेष्ठ र लिलाराम गौतम छन् ।

व्यवसायिक एकता, हित, संरक्षणका लागि संघको गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । “लाखौ लगानी गरि सञ्चालन गरिएको व्यवसायबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि संस्थाको स्थापना गरिएको छ,”– खत्रीले भन्नुभयो । “छिट्टै संस्थालाई विधिवत रुपमा दर्ता गरी जिल्लामा रहेका सबै व्यवसायीहरुलाई संस्थामा आबद्ध गराईनेछ ।” प्रिन्टीङ्ग, डिजाईनिङ्ग सम्बन्धी काम गर्ने साना ठुला सबै व्यवसायीहरुलाइई आवद्ध गराउने योजना संस्थाको रहेको छ ।

Leave a Reply