म्याग्दी मगर बाहुल्य जिल्ला हो । मगरी कला संस्कृतिले यस जिल्लालाई सिंगारेको छ ।यहाँ करीब ४७ प्रतिशतभन्दा बढी मगरहरुको बसोवास रहेको छ । मगर र म्याग्दी पर्यायवाची शब्द जस्तै बनेका छन् ।

आज ४१औं राष्ट्रिय मगर एकतादिवस । म्याग्दीआज मगरमय बन्न पुुग्यो ।अन्यदिनभन्दा सोमबार म्याग्दीको सदरमुकाम बेनी कोमाहोल बेग्लै थियो । परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो । छिटको गुन्यू,चौबन्दीचोलीअनि रातो घलेकी र पटुका ।

त्यसै माथीखुर्पेटो र हँसिया । निधारमा टीका,पहेलो पोतेमासिँगारिएका मगर सेनीतथाभोटो, इस्टकोट, कछाड, गलबन्दी, भरकलिलगाएका मगर पुरुषको उपस्थितिले पुरै जिल्ला नै मगरमय बन्यो । यहाँ भव्य रुपमा विविध सांस्कृतिक कार्यक्रमहरु भए । मौलिक पहिरनमा चिटिक्क परेका मगर समुदायका युवायुवती, प्रौढ र वृद्धबृद्धाहरु समेत कार्यक्रममा सरिक भएका थिए ।परम्परागतमारुनी, जस्ता नाँचहरु प्रदर्शन गरिएको थियो ।

ठूलो नाच, भैलीनाच, सोरठी सालैजो जस्ता गीतगाउँदै मादल ठोक्दै गुन्यु र चोलो र टोपीको पहिरन फूलमालालगाएर गरिएको नृत्यको दृश्य हेर्दा जो कोहीलाई नाचु नाचु जस्तो हुन्थ्यो ।

म्याग्दी मगरी कला संस्कृतिमाधनी रहेतापनि पछिल्लो समय युवाहरु गाउँ छोड्ने रोजगारीको लागिशहर बजार, विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामामौलिककलासंस्कृति पूर्णरुपमा हस्तान्तरण हुननसकेको मगर समुदायकापाका पुस्ताकाव्यक्तिहरुको भनाइरहेको छ ।

Leave a Reply