४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवसको अवसरमा आयोजित ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा सदरमुकाम बेनीस्थित बेनी आवासीय मावि प्रथम भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा मालिका गाउँपालिकाको दरबाङको दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हासिल गर्न सफल भएको मगर संघ जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतियोगितामा विजेताले क्रमश २० हजार, १२ हजार र ८ हजार, ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विष्णु रोकाले जानकारी दिनुभयो । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा जिल्लाभरबाट ९ विद्यालयको सहभागिता रहेको थियो । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा र मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर (लोकेश )पुन मगरले विजेता र उपविजेता विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गदैं संघिय सांसद खमबहादुर गर्बुजाले मगर समुदायको इतिहासलाई संरक्षण र प्रवद्र्धन संगै पुर्खाहरुको योगदानलाई युवा पुस्ताले समेत सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान सहित मगर समुदायका कला ,संस्कृतीको प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्धय हरी भण्डारी र बिमला गौचनले मगर समुदायको कला संस्कृती ऐतिहासिक र देशकै गौरव भएको बताउँदै मगर संघले निर्माण गर्ने सङ्ग्रहालयलाई बजेट विनियोजनका लागि आफुहरुले प्रदेश सरकारबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा ,जिल्ला शिक्ष विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर, धवलागिरी गाउँपालिका–३,का वडा अध्यक्ष देविन्द्र रोका ,मंगला गाउँपालिका–४,का वडा अध्यक्ष लालबहादुर रोका ,मगर संघ म्याग्दीकी निवर्तमान अध्यक्ष डकमाया पाइजाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष पुन मगरको अध्यक्षता, मगर संघ म्याग्दीका सचिव हिराबहादुर पुन र मगर विद्यार्थी संघका केन्द्रिय सदस्य समिर रोका मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा मिस मगरकी विजेता मिलन थापा मगरलाई सम्मान समेत गरिएको थियो भने क्यान्सर पीडित दुर्गा शेरपुञ्जाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको थियो ।  सोही कार्यक्रममा सांसद गर्बुजाले किरन पुनको ‘हिमाली गाउँ’ गितको भिडिओ लोकार्पण गर्नुभयो । म्याग्दी मगर बाहुल्य जिल्ला हो । मगरी कला संस्कृतिले यस जिल्लालाई सिंगारेको छ ।यहाँ करीब ४७ प्रतिशतभन्दा बढी मगरहरुको बसोवास रहेको छ ।

 

Leave a Reply