लायन्स क्लव बेनी पिस सिटीले एक फोक्सोको क्यान्सर पीडित दुर्गा मगरको उपचारमा १ लाख आर्थिक सहयोग गरेको छ। फोक्सोमा क्यान्सर भएर उपचारर्थ मगरलाई क्लवका अध्यक्ष नन्दकुमार पाईजाले १ लाख नगद हस्तान्तरण गर्नुभएको । सहयोग रकम बुझ्दै पीडित मगरले औषधी सेवन र उपचारमा आर्थिक समस्या झेल्दै गरेको अवस्थामा सहयोगले राहत मिलेको बताउनुभयो ।

यसैबीच क्लवले । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित अर्जुन माविलाई ल्यापटप र प्रिन्टर गरी करिब ८५ हजारको साम्रागी हस्तान्तरण गरेको क्लवका सचिव बामदेव रिजालले जानकारी दिनुभयो । त्यस्तै समता विद्यालयमा कक्षा ४ मा पढ्ने सुसिता किसानलाई झोला, पुस्तक, स्टेशनरी सहितका साम्रागी उपलब्ध गराइएको छ ।

क्लवमार्फत यसै महिना जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समेत खेलकुद साम्रागी उपलब्ध गराइएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष खम थापा मगर, प्रथम उपाध्यक्ष सन्दिप खत्री लगायतको उपस्थिीति रहेको थियो । क्लवले समुदायस्तरमा विभिन्न कार्यक्रम, स्वास्थ्य शिविरका साथै सामाजिक एवम् अन्य मानवीय सेवामा समेत सहयोग गदैं आइरहेको छ ।

Leave a Reply