बागलुङ : बरेङ गाउँपालिका–१ मा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ। मंगलबार भिरबाट लडेर धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरको ज्यान गएको हो। प्रहरीका अनुसार विद्यालय जाँदै गर्दा उनी भिरबाट लडेकी हुन्।

घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए। उनको शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

Leave a Reply