नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी बजारमा भित्र्याउने कदमबिरुद्ध म्याग्दी बुहुमुखी क्याम्पस अगाडी विरोध जनाएको छ ।

अनेरास्ववियूका केन्द्रिय सदस्य इश्वर सुबेदी सहित विद्यार्थीको उपस्थितीमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर परेको र नेपाली तरकारीले बजार नपाएको भन्दै बिरोध गरेका थिए ।विद्यार्थी नेताले तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको जनाइएको छ ।

‘विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते बनेकाले बिरोधका कार्यक्रम सार्वजनिक गरिएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले जनाएको छ ।

Leave a Reply