नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ। सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु गरेको हो । बेनी स्थित पार्टी कार्यालयमा भएको नगर कमिटिको बैठकले वडा र टोल स्तरमा अभियानको कार्यक्रमका लागि कार्य विभाजन गरेको छ ।

नगर उपाध्यक्ष अणबहादुर खड्का (भगवान) को संयोजकत्वमा सवै वडा कमिटिका सचिवहरु सदस्य रहेको नगर स्तरीय विकास निर्माण विभाग गठन भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा (सुवास)ले नागरिक तहसम्म पार्टीको नीति, जनयुद्धका उपलब्धी र पार्टीले गरेका कामको बारेमा सन्देश पु¥याउन र कार्यकर्ताहरुलाई प्रशिक्षित गराउन अभियान केन्द्रित हुने बताउनुभयो ।

नेपाली काँग्रेसले सरकार गठनका क्रममा नेतृत्व छोड्न नमानेपछि एमाले सहितको दलहरुको सहयोगमा सरकार गठन भएपनि संसदमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले संसद विघटन सहि भएको बताउँदा राष्ट्रिय सहमतिको आवश्यकताको महशुस गरेर राष्ट्रपति निर्वाचनमा काँग्रेस सहितको आठ दलीय गठबन्धन बनाउनु परेको विकले बताउनुभयो। राजनीतिक सँगै सामाजिक गतिबिधिमा संलग्न भएर प्रभावकारी र नमुना काम गरेर सकारात्मक सन्देश दिनुपर्ने म्याग्दी प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज विनोद केसीले बताउनुभयो ।

नगर अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र सचिव ज्ञानेन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद हरिबहादुर भण्डारी, नगर इञ्चार्ज पदम पुन, सहइञ्चार्ज ज्योती लामिछाने, प्रदेश सदस्य पदम किसान, अम्बिका ढुंगाना, जिल्ला सदस्य नगेन्द्र केसी लगायतका नेताहरुको उपस्थिति थियो ।अभियानको क्रममा शहिद परिवार, जनयुद्धको क्रममा भूमिगत नेता, कार्यकर्ता, सेल्टर दिने घर, परिवार, घाइते, अपांग संग घेटघाट गर्ने, उनिहरुको लिखित र मौखिक सुझाव तयार पारिने भएको छ ।

Leave a Reply