तिलु शर्मा पौडेल/दोहा, कतार  :

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले २०२१/०२३ कार्यसमितिका सचिव रामकृष्ण शर्मालाई बिदाइ गरेको छ । कतारको लगभग एक दशकको बसाई बिट मारेर वैदेशिक रोजगारीकै लागि युरोपेली मुलुक क्रोएसिया जान लागेका शर्मालाई बिहीबार साँझ एक कार्यक्रमका बीच संघको आजीवन सदस्यता तथा कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाइ गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा करिब एक दशक कतारमा बिताएका शर्मा लामो समयदेखि मोना कतारमा आवद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहेका थिए । शर्माले आफू सन् २०१६ बाट मोना कतारसँग प्रत्यक्षरुपमा जोडिएको बताँउदै मिलन र बिछोड जीवनका दुई पाटा रहेको बताए । आफ्नो भिसाका कारण अधिवेशनसम्म कतारमा रहन नसकेकोमा दुःख व्यक्त गरे ।

संघका अध्यक्ष नरेन्द्र फगामीको अध्यक्षता, संरक्षक विक्रम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सामाजिक संस्थाले प्रवासदेखि गृह जिल्लासम्म पुलको काम गरेको बताए । उनले सामाजिक संस्थामा रहेर समाजसेवा गर्दै जाँदा अग्रजले व्यावसायिक पाटोको बारेमा प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउदै सफल यात्राको कामना गरे ।

वरिष्ठ उपाध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका अन्य पदाधिकारीहरूले सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए । महासचिव अजय कुँवरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति फगामीले जुझारु सचिव संस्थाले पाएको बताए । फगामीले विश्वका नागरिक लाखौं खर्चेर युरोपेली राष्ट्र पस्ने गरेको स्मरण गर्दै शर्मा कतारबाट युरोपमा कामदार भिसामा जान लागेकोमा खुसी व्यक्त गरे । उनले शर्माको उज्ज्वल भविष्यको कामनासमेत गरे । उनले शर्माको योगदानको मोना कतारले इतिहासमा सुनौला अक्षरले कोरिने बताए ।

Leave a Reply