बेनी नगरपालिका-३ भकिम्लीमा शुक्रबार आधारभूत तह खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आयोजनामा भएको प्रतियोगितामा चन्द्रोदय आधारभूत विद्यालय प्रथम भएको छ ।

बराह आधारभूत विद्यालय तोराखेत दृृतीय, बालप्रिय सारदा आधारभूत विद्यालय तृतीय, जयन्ति मावि र मुुरुङ डोले आधारभूत विद्यालय सान्तवना भएका छन् । रेडक्रस सोसाइटी भकिम्ली उपशाखा सभापति दुर्गाराम सुवेदीको अध्यक्षता र वडा अध्यक्ष पदम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave a Reply