शनिबार दिउँसो कालीगण्डकी नदि किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन ।

बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ ।

फाल्गुन ९ गतेदेखि हराइरहेका रिजालका आफन्तले शव आफ्नो मान्छेको भएको भन्दै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले हिडन खबरलाई बताउनुभयो ।

मान्छे हराएको भन्दै रिजालका आफन्त आएको र शवको पहिचान गर्दा हुलिया लगायत सबै मिलेकाले आज आइतबार आवश्यक प्रक्रिया पूरा गरि आफन्तको जिम्मा लगाउने तयारीमा रहेको राउतले बताउनुभएको छ ।

कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा शनिबार एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply