म्याग्दीको मंगला गाउँपालिका-२, बावियाचौर लाम्पाटास्थीत मंगला शिक्षा क्याम्पसमा आयोजित दु्ई दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ ।

विश्वविद्यालय समता अनुदानमा आधारीत क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी शनिबार र आइतबार सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिपको अभ्यास लगायत विभिन्न विषयमा केन्द्रित भएर पत्रकार हरिकृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले हरेक जिम्मेबारीमा बोल्ने कलाको आवश्यकता रहेको बताउनुभयो । उहाँले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा विभिन्न अवसरबाट बन्चित हुनुपरेको अवस्थामा तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मंगला–२का वडा अध्यक्ष धनबहादु खाती क्षत्रीले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताउनुभयो । सिर्जना खड्का, यूमायाँ दर्जी र मेखबहादुर घर्तीले कसरी बोल्ने,आत्मबल कसरी बढाउने,कुन कार्यक्रममा कसरी भाषण गर्दा उपयुक्त हुन्छ भन्ने बिषयमा धेरै सहज भएको भन्दै आफ्ना अनुभव सुनाएका थिए ।

विद्यार्थीले क्याम्पसभित्र हुने गतिविधि तथा संघसंस्थामा प्रतिनिधित्व गर्दा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो। तालिम समापन कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष थापा, जानकारी सहित धन्यवाद मन्तब्यक्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारीमन्तब्य र प्रशिक्षार्थी पकबहादुर रोकाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply