पर्बतको जलजला गाउँपालिकाको बगरमा सक्रिय रहेको सिद्द बाबा युवा क्लवले भवन बनाएको छ । स्थानीयस्तरमा खेलकुद, सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको क्लवले देउसी भैलो र स्वदेश तथा विदेशमा रहेकाबाट संकलन गरेको सहयोगबाट कुल ५ लाख ७५ हजारको लागतमा निर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले उद्घाटन गरेका थिए ।

क्लवको भवन बनाउन देउसीभैलोबाट १ लाख ७२ हजार ६७५ र सहयोगदाताबाट संकलित ३ लाख ४४ हजार ६४० रुपैयाँ संकलन र अघिल्लो कार्यकालमा जलजला वडा नं २ बाट १ लाख सहयोग प्राप्त भएको क्लवका अध्यक्ष जगत गैरले बताए ।

‘भवन निर्माणका लागि धेरै सहयोग जुटायो, संस्थागत गतिविधिमा अव सहज हुन्छ’ अध्यक्ष गैरेले भने । भवन उद्घाटन कार्यक्रममा वडा नं २ का अध्यक्ष प्रकाश बहादुर क्षेत्री, वडा नं ३ का अध्यक्ष एकिन्द्र केसी, सिद्द वावा प्राथमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवाल, क्लवका निबर्तमान अध्यक्ष खगेन्द्र जिसी, क्लवका कानुनी सल्लहकार मुकुन्द शर्मा बैरागी, सल्लाहकार मनिषा श्रेष्ठ पुन लगायतको उपस्थिती रहेको थियो ।

बगरमा रहेका समुदायसँग सहकार्य गरी विभिन्न रचनात्मक कार्यमा संलग्न रहेको क्लवको भवन उद्घाटन समारोहरमा स्था आर्थीक भौतिक रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण व्यक्तिलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । क्लवका अध्यक्ष गैरेको अध्यक्षता, क्लवका उपाध्यक्ष सुबाश बिकको स्वागत र सचिव किसान विश्वकर्माको संचालनमा सम्पन्न कार्यक्रममा क्लवका तर्फबाट कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply