नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही महिला स्पर्धामा वर्ष खेलाडी घोषित हुनुभएको छ । एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडीको अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै अरुणालाई उपाधीबाट सम्मान गरिएको हो । म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीको नेतृत्व गरेपछि सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जित्न सफल भएको थियो ।

शाहीले महिला भलिबलको नेतृत्व गरेपछि मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै ब्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढेका छन् ।

साधारण स्वभावकी शाहीमा कहिल्यै पनि कप्तानको धमण्डको छायाँ देखिएन् । यसअगाडी नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणको उपाधी सहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी समेत जिति सकेकी छन् ।

Leave a Reply