म्याग्दीको रघुगंगा गाउँपालिका-२,भगवती दुइदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा आयोजित शिविरको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गदैं महिलाहरुको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने बताए ।

फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरूबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ । मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए।

स्तन र पाठेघरको उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानको लागि म्याग्दीका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको बताउँदै पहिलो चरणमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सञ्चालन गरिने बताए ।

स्क्रिनिङ शिविरको अवसरको पहिलो दिन १ सय ४२ जनाले नाम दर्ता गरेकोको मोना आइइसीका सचिव सबोध बरुवालले बताए । काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानले पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केहि मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरमा चेकजाँच गर्नुपर्ने बताए ।

महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने डाक्टर प्रधानको भनाई थियो । डा. प्रधानको नेतृत्वमा चिकित्सक सहित ४जना स्वास्थ्यकर्मीको टोली शिविरमा रहेको छ ।

रघुगंगामा फागुन २४ र २५ गते र अन्नपूर्ण गाउँपालिकामा २६ र २७ गते शिविर सञ्चालन हुने आयोजकले जनाएको छ । शिविर म्याग्दीका सबै स्थानीय तहमा चरणबद्ध तरिकाले सञ्चालन हुने जनाइएको छ । शिविरका आर्थिक सहयोगदाता तृप्ति फाउण्डेशनको संस्थापक मोना आइइसीका महासचिव हरि राम्जाली हुन् ।

Leave a Reply