कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको एघारौं साधारण सभा आउँदो शुक्रबार हुने भएको छ । आउँदो शुक्रबार हुने संघको एघारौं साधारण सभा तथा २० औ वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

अधिवेशनलाई मनोरञ्जनात्मक बनाउन पञ्चेबाजाका साथमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए ।पौडेलका अनुसार म्याग्दीमा प्रचलित थाली नाच प्रमुख आकर्षणको रूपमा रहने छ । संघले अधिवेशन सफल बनाउन काम बाँडफाँड गर्नुका साथै समयानुकूल परिमार्जन गर्न विधान संशोधन समिति र निर्वाचन समिति समेत गठन गरेको छ ।

नेपालबाट केही कलाकार ल्याएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कोशिस गरे प्राविधिक कारणले यसपटक सफल नसकेको संघका अध्यक्ष नरेन्द्र फगामीले मध्यान्हलाई बताए । यद्यपि कतारमा रहेका म्याग्देली तथा गैर म्याग्देली कलाकारले भने आफ्ना सांगीतिक प्रस्तुति दिनेछन् ।

साधारणसभा सफल बनाउनु सबै म्याग्देलीको जिम्मेवारी रहेकोले कार्यक्रममा सहभागिता जनाउन अध्यक्ष फगामीले सबैलाई अनुरोध गरेका छन् । अधिवेशनबाट बन्ने नयाँ कार्यसमिति समिति चयन हुने उनले जानकारी गराए ।

उनका अनुसार मोना कतारको सदस्यता लिन चाहनेका लागि गत जनवरी १ देखि नै सदस्यता वितरण भइरहेको छ । जसमा साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजीवन सदस्यता शुल्क २५१ रियाल कायम गरिएको उनले जानकारी गराएका छन् ।साधारण सभा शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा बिहान ११ः३० बजेबाट शुरु हुने तालिका रहेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त साधारण सभाको सञ्चार सहयोगीका रूपमा रहेको छ ।

Leave a Reply