म्याग्दीमा पछिल्लो समय लागुऔषध र पदार्थको सेवनकर्ताको संख्या ह्वात्तै बढेको छ । सहरबजार देखि ग्रामिण क्षेत्रसम्म कुलतमा फसेकाहरुको संख्या धेरै भएको प्रहरीको अनुमान छ । प्रहरीले पछिल्लो समय महंगो पर्ने लागुऔषध सहित धमाधम पक्राउ गर्न थालेपछि थप निगरानी बढाएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । पछिल्लो तीनबर्षमा डाईजापाम, २२०, फेनेरागन १११, खैरो हिरोइन ६.५ ग्राम, सिरिन्ज ४, १४२ ग्राम चरेश,७ किलो,९५० ग्राम गाजाँ सहित २५ जनालाई नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा छ । यसैविषयमा प्रनाउ कुँवरसँग गरिएको छोटो कुराकानी ।

म्याग्दीमा लागुऔषधबिरुद्धको अभियान कसरी अगाडी बढेको छ ?

लागूऔषधको मागलाई नियन्त्रण गर्नको लागी प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत स्कुलहरु, आमा समुह, स्थानिय पालिकाहरु तथा अन्य सरोकारवाला निकायहरु सँग समन्वय गरि लघु–सचेतना कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेका छौ भने आपुर्ती कन्ट्रोलका लागी विभिन्न जिल्लाहरुबाट यस जिल्लामा लागूऔषध बिक्री बितरण गर्नेहरुलाई शुक्ष्म निग्रानी गरी कानूनको दायरामा ल्याउने कार्य गरिरहेको छ ।

सहर बजारमा मात्र होइन, पछिल्ला वर्ष ग्रामीण भेगमा पनि लागूऔषध दुर्व्यसनीको संख्या बढिरहेको छ, रोकथामको अभियान प्रभावकारी बनाउनुपर्ने देखिन्छ ?
पक्कैपनि म्याग्दीमा बजार क्षेत्रमा मात्रै नभई ग्रामिण बस्तीमा समेत दुब्र्यसनी छन् । प्रहरीले ग्रामिण क्षेत्रमा समुदायसँग सहकार्य गरी गाँजाको बोट नष्ट गर्ने अभियान सहित विभिन्न सचेतनामुलक कार्यहरु गरेको छ । ग्रामीण क्षेत्रहरुमा समेत चौकीस्तरबाट सचेतना कार्यक्रमका साथै यस्ता गतिविधीमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने कार्य गरिएको छ ।

प्रहरील खैरो हेरोइनसहित पक्राउ परेका यूवाको कनेक्सनमा केही तथ्य प्राप्त गरेको छ त ?
यस सम्बन्धमा अनुसन्धान हुँदैछ, विस्तृत अनुसन्धान पछि आउने छ ।

बेनीबजार आसपासमा कलिला यूवाहरु समेत लागुपदार्थको सेवनमा फसकेको देखिन्छ, कसरी ब्यवस्थापन गर्न सकिन्छ ?
दुब्र्यसनमा फस्नै नदिनका लागि सबैभन्दा पहिले सचेतनामुलक कार्यक्रमको आवश्यकता पर्छ । दुब्र्यसनमुक्त समाज बनाउन विद्यालयस्तरदेखी समुदायमा सचेतना कार्यक्रको जरुरी छ ।

लागुऔषध नियन्त्रणका लागि म्याग्दीमा थप कडाई गर्नुपर्ने देखिन्छ, योजना बनाउनुभएको छैन ?
लागुऔषध नियन्त्रण बिशेष कार्ययोजना तयार गरी लागुऔषध नियन्त्रणमा कठोर रुपमा लागीरहेका छौँ ।

लागूपदार्थको लतमा फसेका यूवाहरुलाई कसरी कुलतबाट मुक्त गर्न सकिन्छ ?

लागूऔषध कुलतमा फसेका युवाहरुलाई पुनःस्थापना केन्द्रहरुमा उपचार पश्चात सामान्य जिवनमा फर्काउन सकिन्छ ।

अभिभावकले आफ्ना सन्तानलाई निगरानी नगर्दा समेत यो समस्या झनै जटिल बनेको छ, अभिभावकलाई तपाईको सुझाव के छ ?
कतिपय अबस्थामा अभिभावकहरुले निग्रानी नगर्दा तथा कतिपय अबस्थामा निग्रानी गर्दागर्दै पनि सन्ततीहरु यस्तो दुर्ब्यसनीमा फसेको पाउन सकिन्छ । अभिभावकहरुले यस्तो दुब्र्यसनीको क्ष्नल बलम क्थmउतयmक बुझेर बेलैमा ऋयगलकभष्लिन गर्न जरुरी छ, त्यस्ता लतमा लागेका साथी संगती छुटाउन आवश्यक छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा लागुऔषध एक सामाजिक भाईरस रहेको कारण आफ्नो घर परिवार , छिमेक तथा जहाँ देखा परे पनि नलुकाई प्रहरीलाइ खबर गर्न आग्रह गर्दछु । यसका बिरुद्धमा एकुजुट भई लड्न आग्रह गर्दछु ।

 

 

 

Leave a Reply