म्याग्दीमा प्रतिबन्धित खैरो हेरोइनको लतमा फसेका यूवाहरूलाई लक्षित गरी ल्याउँदै गरेका एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लियो । भारतको पश्चिम बंगाल घर भएका २८ बर्षिय अलेमुन हकलाई गोप्य सूचनाको आधारमा बेनी नगरपालिका–८,कालिपुलबाट ६.५ ग्राम खैरौ हेरोइन बरामद ग¥यो ।

लागुऔषध सहित बेनीमा प्रवेश गरेका अभियुक्त अलेमुनका बारेमा थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरेको छ । भारतीय बजार पोखरालाई ट्रान्जिट बनाएर लागूऔषध ओसारपसार भइरहेको अनुमान प्रहरीको छ । म्याग्दीभित्र खैरो होरोइनका प्रयोगकर्ता कति छन् ? भन्ने बारेमा यकिन संख्या नभएपनि भारतीय नागरिक सिधै बेनीमा बिक्रीका लागि प्रवेश गरेको अवस्थामा नियमित ग्राहक हुनसक्ने बताइएको छ ।

खैरो हेरोइनको प्रयोगकर्ता बेनीबजारमै रहेको अनुमान गरिएको छ । केही दिन अगाडी समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपाम सहित प्रहरीले बरामद गरेको थियो ।

यो घटना बेनीबजार आसपासमा लागूऔषधको कारोबार कसरी र कुन स्वरूपमा भइरहेको छ भन्ने बुझाउने दृष्टान्त हो । चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ । आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर होला सुईबाट लागुऔषध लिनेको संख्या बढेको अनुमान प्रहरीको छ ।आर्थिक वर्ष २०७८÷७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७÷७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६÷७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । २०७६÷७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको प्रहरी जनाएको छ ।

२०७७÷७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु. १२ हजार ६० बरामद भएको थियो । २०७८÷७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङमा छ ।

म्याग्दीमा धुलोको तुलनामा सस्तो हुने भएकाले सुईबाट लिने प्रयोगकर्ता बढेको एक दुब्र्यसनीले नाम नलेख्ने सर्तमा बताए । उनका अनुसार प्रहरीले थाह पाउने डरले उनीहरू आफ्ना साथीमाझ र बिक्रेताका लागि फरक भाषा प्रयोग गर्छन्। प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, पिठो,सामान र माल, एम्पुललाई पानी र ग्लुकोज र विक्रेतालाई डिलर, पासा, साहू र साथीजस्ता शब्द प्रयोग गर्छन्।

म्याग्दीमा पछिल्लो समय सिरिन्जबाट लागुऔषध लिनेको संख्या बढेको देखिन्छ ।सेवनकर्ताले आफुँले प्रयोग गर्न सजिलो र बेचेमा मनग्गे कमाइ गर्न सकिने बताएपछि यस्तो धन्दामा लागेको प्रहरीसँग बताउने गरेका छन् । प्रयोगकर्ता नै लागूपदार्थ कारोबारीमा संलग्न हुन थालेपछि सम्पर्कमा रहेका किशोरकिशोरी एवं युवालाई समेत मगाउने गरेको पाइएको छ ।

बेनीबजारमा पर्वतबेनी तथा बागलुङ हुदै भरीयाको रुपमा समेत लागुऔषध लिएर आउने गरेका छन् । लागुऔषध सहित पक्राउ परेकाबाट नाम मुछिएकाहरूको समेत खोजीकार्य भइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाई छ ।ग्रामिण क्षेत्रमा प्रहरीले गाँजाको बोट फँडानीको अभियान सञ्चालन गरेपनि गाँजा, चरेसको प्रयोगकर्ताको संख्या घटाउन सकिएको छैन् ।

हुनेखानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्नवर्गीय परिवारका सदस्यसम्म लागूऔषधको दलदलमा फसिरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘लागुऔषधको प्रयोगकर्ताको खोजीलाई तिब्रता दिएका छौ,‘सचेतनामुलक अभियानसँगै कारोबारीको कनेक्सन समेत भत्काउनुपर्नेछ’ प्रनाउ कुँवरले भने ।

उनले लागू औषध र पदार्थ सेवनकर्ताको संख्या बढ्दा लत छुटाउने र लतमा फस्न नदिन सचेतनामुलक अभियानको समेत आवश्यकता रहेको बताए । उनले कुलतमा फस्नुका पछाडि पारिवारिक पृष्ठभूमि, सामाजिक वातावरण र मानसिक अवस्थाका बारेमा समेत बुझ्न आवश्यक रहेको बताए । सदरमुकाम बेनीमा स्कुले विद्यार्थीे समेत दुब्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तिब्रता दिएको छ ।

 

Leave a Reply